arrow

फेसबुकको नाम 'मेटा', अब के हुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
meta.PNG

काठमाडौँ ।  बिहीबार एक भर्चुअल कार्यक्रम मार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन भएको घोषणा गरेका छन् । कम्पनी स्थापना भएको १७ वर्षपछि फेसबुकको नाम परिवर्तन गर्दै 'मेटा' राखिएको घोषणा उनले गरेका हुन् ।

फेसबुकले हेडसेटको प्रयोग गरेर भर्चुअल संसारमा गेम खेल्न सकिने, कुराकानी गर्न सकिने जस्ता विभिन्न कामहरू गर्न सकिने भर्चुअल प्रविधि 'मेटाभर्स'तर्फ आफ्नो भविष्य विकास गर्न खोजेको छ । मेटाभर्समा फेसबुकले अर्बाैँ अमेरिकी डलर लगानी गरिसकेकाे छ ।

यसैबिच भर्चुअल सम्मेलनमा कम्पनीको नयाँ नाम मेटा घोषणा गर्दै जुकरबर्गले भनेका छन्,  'मलाई आशा छ समय बित्दै जाँदा हामी एक मेटाभर्स कम्पनीको रूपमा देखिनेछौँ र हाम्रो काम र हाम्रो पहिचानलाई हामी कुन दिशामा निर्माण गर्दैछौं भनेर म  घोषणा गर्दछु ।'

यसको मतलब फेसबुक एपको नाम भने परिवर्तन भएको हैन । यसअघि ह्वाट्सएप, इन्स्टाग्राम, ओकुलसलगायतका कम्पनीहरू फेसबुक अन्तर्गत रहेका थिए ।

अब, भने फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, ओकुलसको मुख्य कम्पनी मेटा हुनेछ । जसरी सन् २०१५ मा गुगलले गुगलको मुख्य कम्पनीका रूपमा अल्फाबेटको घोषणा गरेको थियो ।

त्यसरी नै फेसबुकको मुख्य कम्पनीका रूपमा मेटाको घोषणा जुकरबर्गले गरेको हुन् । त्यसैले फेसबुक एपको नाम भने परिवर्तन हुने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ