arrow

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
cholendra-shamsher-2.jpg
cholendra

काठमाडौं । नेपाल बार एशोसिएशनले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए देशभर आन्दोलनको घोषणा गरिएको हो ।

न्यायालयको प्रमुख समस्या नै प्रधानन्यायाधीश रहेको भन्दै बारले राजीनामा अनिवार्य शर्त मानेको हो। मंगलबार बसेको बैठकले तत्काल पदबाट राजीनामा दिन जबरालाई आग्रह गरेको हो ।

राजीनामा नदिए सम्पूर्ण बार इकाईबार्फत आन्दोलन अघि बढाउने निर्णय बारले गरेको हो । यसअघि सर्वोच्च अदालत बार एशोसिएशनले पनि जबराको राजीनामा माग गरेको थियो।

मंगलबार नै पनि बारका सल्लाहकारहरुले समेत राजीनामा माग गर्न सुझाएका थिए। सल्लाहकारको समेत सुझावका आधारमा बारले राजीनामा नदिए आन्दोलन गर्ने निर्णय गरेको हो। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ