arrow

न्यायाधीशले प्रधानन्यायाधीशलाई भेटे : मार्ग प्रशस्त गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
suprem-court.jpeg

काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र असन्तुष्ट न्यायाधीशरुबीच छलफल भएको छ। केहीबेरअघि सम्पन्न छलफलमा न्यायाधीशहरुले उनलाई मार्ग प्रशस्त गर्न सुझाएका छन्।

प्रधानन्यायाधीशको राजनीनामा माग गर्दै आएका १४ जना न्यायाधीश र प्रधानन्यायाधीशबीच सर्वोच्च अदालतमा छलफल थियो।

छलफलमा प्रधानन्यायाधीश जबराले आफ्नो विषयमा भइरहेका टिका टिप्पणीमाथि प्रष्ट पार्ने कोसिस गरेका थिए। प्रधानन्यायाधीशले अदालतमा देखिएका विकृती विसंगतिको अन्त्य गर्ने विषयमासमेत प्रतिबद्धता जनाएका थिए।

तर न्यायाधीशहरु भने उनको राजीनामाको विकल्प नभएको भन्दै प्रधानन्यायाधीशले मार्ग प्रशस्त नगर्दासम्म निकासको सम्भावना रहेको तर्क राखेका छन्। हिजो सोमबार बसेको न्यायाधीशहरूको बैठकले जबरालाई भेटेर आफ्नो राय राख्ने निर्णय गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ