arrow

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
uml-sun-election.jpg

दाङ । गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका- ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई- ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । 

त्यस्तै दङ्गीशरण गाउँपालिका-१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी हुन् । उनी गृहिणी हुन् । घोराही उपमहानगरपालिका-१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् । 

त्यस्तै घोराही-४ मा लीला गोतामे अध्यक्ष भएकी छन् । गोतामे निर्वाचित वडा सदस्य हुन् । गढवा गाउँपालिका- ४ मा सीता थापा वडाध्यक्ष भएकी छन् । थापा रेडक्रसकर्मीसमेत हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी हुन् । शान्तिनगर गाउँपालिका-३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित भएकी हुन् । 

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए । त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ