arrow

१४ न्यायाधीशको वहिष्कारबीच बस्ला फुलकोर्ट ? : अन्योलमा चोलेन्द्र श्रीमान्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
Suprim-court-new-a.jpeg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक आज सोमबार साँढे १ बजेका लागि बोलाएका छन्। सबै न्यायाधीश सहभागि हुने बैठकलाई सर्वोच्चको भाषामा ‘फुलकोर्ट’ भन्ने गरिएको छ।

तर सर्वोच्चका १४ जना न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्ने विषयले भने प्रधानन्यायाधीशलाई नै अन्योलमा पारेको छ। तर सर्वोच्च स्रोतले भने फुलकोर्ट बस्ने बताएको छ।

‘फुलकोर्टका लागि प्रधानन्यायाधीशले सबै न्यायाधीशहरुलाई बोलाउनु भएको छ, नेपाल बार र सर्वोच्च बारका प्रतिनिधि पनि डाकिएको छ, फुलकोर्ट बस्छ,’सर्वोच्च स्रोतले भन्यो।

तर १४ जना न्यायाधीशहरुले भने आइतबार नै बैठकमा सहभागि नहुने बताइसकेका छन्। दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी गरी १४ जना न्यायाधीश फुलकोर्ट बहिष्कारका पक्षमा छन्।

उनीहरुले सत्तारुढ गठबन्धनसँग प्रधानन्यायाधीशले भाग खोजेको र न्यायीक थलोलाई बदनाम बनाएको आरोप लगाउँदै आइरहेका छन्। तर प्रधानन्यायाधीशले भने आफूबिरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताएका छन्। आइतबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँगको भेटपछि जबराले फुलकोर्ट डाकेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ