arrow

काठमाडौंबाट ११ जना अफगान नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
CIB.jpg

काठमाडौं। काठमाडौंबाट ११ जना अफगान नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज विहान सिनामंगलबाट ३ महिला र ८ पुरुषसहित ११ जनालाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रमुखसमेत रहेका डीआइजी धिरजप्रताप सिंहले उनीहरु भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको पाइएको जानकारी दिए। ११ जनामध्ये ५ जना ३ कार्तिक र बाँकी अन्य तीन हप्ताअघि नेपाल आएको पाइएको सिंहले जानकारी दिए।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको ब्युरोले जनाएको छ। ती आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ।

उनीहरु काठमाडौंमा आएर के गर्थे भन्ने खुलेको छैन। सो विषयमा थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ