arrow

गृह मन्त्रालयको सिडिओलाई निर्देशन : विपद्‌बाट भएको क्षतिको विवरण तत्काल पठाउनु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
home-ministry-nepal.jpg

काठमाडौँ। गृह मन्त्रालयले बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।

गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार बिहीबार दिउसोसम्म देशभर बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ८८ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता छन्।

यसै गरी भित्राउने तयारीमा रहेको हजारौँ हेक्टर धान बाली पानीले नष्ट गरेको छ। यस्तै पहिरोका कारण अन्य कृषीबालीहरुमा समेत असर परेको छ। कतिपय स्थानमा धान बाली लगाएको खेत नै बाढीले कटान गरी बगाएको छ।

गृह मन्त्रालयका प्रवक्ता पोखरेलले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद् व्यवस्थापन समितिबाट क्षतिको विवरण सङ्कलन गरेर तत्काल मन्त्रालयमा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन भएको जानकारी दिएका हुन्।

वर्षाका कारण सुदूरपश्चिमका डोटी, बझाङ, कञ्चनपुर, कैलाली, बैतडी लगायतका जिल्लामा असर पुर्‍याएको छ भने पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका जिल्लामा समेत असर पुर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ