arrow

बङ्गुर हाउसमै मारिए मगर, तालिमप्राप्त कुकुरबाट अनुसन्धान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
hatya-murder.jpg

झापा । जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । 

बङ्गुर फ्रेस हाउस चलाउँदै आएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। बडादसैँकै बिचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ । 

परिवारले उनको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उनले सोही दिन मात्र दुई वटा बङ्गुरको मासुसमेत बिक्री गरेका थिए । 

सोही पैसा लुट्न उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ