arrow

हङकङ लैजान लागिएको ८ किलो चरेस बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
chares.jpeg

काठममाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ ।
 
ब्यूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो । ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले  ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का  र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी-८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूरो प्रमुख हृदयेश थापाले जानकारी दिनुभयो ।

लागू औषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोशी-५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।

अनुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका-१४ बाट सुजन श्रेष्ठलाई चरेश दिने सिन्धुपाल्चोक लिसखु-५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो । 

पर्सा सखुवापर्साेनी-१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुनाई काम गर्ने दिनदयाल महतो र  दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूरो  सफल भएको छ । प्रहरीले मकवानपुर-११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो । 
 
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे-३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ