arrow

मेनुका थापाको मृत्यु रहस्यमय,माइती पक्ष भन्छन् : ज्वाँई र अस्पताल संलग्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
menuka-thapa-death.jpg

काठमाडौं । भक्तपुर पलाँसेकी २४ वर्षीया मेनुका थापा कार्कीलाई घरपरिवारले कुटपिट गरेर मारेको माइती पक्षले आरोप लगाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर माइती पक्षले मेनुकाको हत्या श्रीमान भुपेन्द्र कार्की, सासु सुकुमाया कार्की र ससुरा नेत्रबहादुर कार्कीले मिलेर गरेको भन्दै निश्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । मेनुकाको असोज १६ गते बनेपा अस्पतालमा उपचारको क्रममा निधन भएको माइती पक्षले जनाएको छ ।

मृतक मेनुका थापा कार्कीको काका रामहरी थापाले छोरीको मृत्यु अस्वभाविक भएको बताए । उनले आफ्नी छोरीको श्रीमान भुपेन्द्र कार्की (ज्वाँई) र अस्पताल प्रशासन नै घट्नामा संलग्न रहेको बताए । मेनुकाको मृत्यु कसरी भयो भन्दा ज्वाँईको जवाफ नै चित्त बुझ्दो नभएको उनले बताए । उनले भने,‘बिरामीलाई १५ गते ४ बजे अस्पताल लगेको भनिएको थियो, हामीले मेनुकालाई कुन अवस्थामा ल्याइएको थियो ? भनेर सोध्दा अस्पतालले सिसिटिभ फुटेज देखाउन चाहेन ।’ बिरामी नग्न अवस्थामा रहेको र  रगतको तालमा डुबेको उनले जनाए ।  ‘के कारणले बिरामीको मृत्यु भयो भनेर सोध्दा बिरामीले उश्रृखंल र अस्वभाविक गतिविधि देखाएको र बिरामीलाई लट्याउने औषधी दिएको, पछि बिरामी ठिक भएर इको, इसिजी गरेको तर पछि अकस्मात बिरामीको मृत्यु भयो भन्ने हामीलाई जानकारी दिइयो । यस्तो हुनै सक्दैन्’ उनले भने ।

किटानी जाहेरी पनि प्रहरीले लिन नमानेको र शव जलाइसकेपछि मात्र जाहेरी लिएको उनले बताए । उनले भने,‘पीडितमाथि अत्यन्तै अन्याय गरिएको छ ।’ उनले बनेपा प्रहरीले मुचुल्का उठाएपछि मात्र किटानी जाहेरी लिने भनेको तर शव जलाएपछि मात्र सबै प्रमाण मेटाएर जाहेरी लिएको सुनाए । रातको समयमा केही जनप्रतिनिधिसहित छापामार शैलीमा शव उठाइएको उनको आरोप छ । घटना घरमै भएको हुनसक्ने उनले आशंका व्यक्त गरे । पोस्टमार्टम गरेर पनि पशुपतिमा शव लगेर माइतीपक्षलाई जानकारी नदिई जलाईएको उनको आरोप छ ।

पाँच वर्षकी छोरीलाई पनि सोधपुछमा ल्याउ भन्दा परिवार पक्षले नमानेको उनले बताए । किटानी जाहेरी दिएका व्यक्तिहरुको संलग्नतामा घटना घटेको हुनाले ती सबैलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग उनको माग छ । मेनुकाका भिनाजु सुजन रोकाले मेनुका हत्या प्रकरणमा परिवार र अस्पतालको संलग्नता रहेको भन्दै छानबिनको लागि सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरे । सामान्य भनिएको बिरामीलाई लिएर आमा–छोरा नै जान नपर्ने उनको भनाई थियो । बिरामीको मृत्युबारे परिवारले थाहै नहुदा झन घट्ना शंकास्पद भएको उनले बताए । माइतीको सहमतिबिना र कुनै जानकारी नदिईनै शव जलाएर झन् ठुलो अपराध गरेको बताए ।

मृतक मेनुकाकी आमा गोपीमाया थापाले १४ गते १२ बजे आफ्नी छोरीले ज्वाँईले धेरै टर्चर गरेको, जाँड खाएर पिट्ने, भालु भन्ने गरेको सुनाएको बताइन् । उनले भनिन्,‘रातदिन बसीखान भाको छैन्, आमा म माइती आउँछु । आउ न नानी भन्दा छोरीको जाँच छ सकेपछि आउँछु भनेकी थिइन्, भोलिपल्टै बिरामी छ भनेर फोन आयो । ‘मेरो छोरीलाई ज्वाँई भुपेन्द्र कार्कीले मारेकै हो  । ज्वाँईले फोन गरेर सामान्य हो, पेट दुखेको हो तपाईँहरु आउनुपर्दैन, भनेपछि म आइन् रातभरी ज्वाँईलाई फोन गरें तर उठाउनुभएन् । साँढे ५ बजे सानीमा पुग्दा मेरो छोरी मरिसकेको रहेछ ।’

मेनुकाकी सानीमा सीता थापाले ज्वाँईलाई छोरीलाई त ठिकै छ तर आफूलाई ओड्ने कपडा ल्याइदिनु भनेपछि आफु कपडा लिएर १५ गते बिहान ५ बजे अस्पताल पुगेको बताइन् । आफुले बिरामी छोरीलाई छाम्दा मृत्यु चिसो पाएपछि डाक्टरलाई सोधेपछि मात्र मृत्यु भएको पृष्टि भएको बताइन् । उनले भनिन्, ‘नानीको शरिरभरी निलडाम थियो । सासुले पेट देखेर ल्याएको मर्यो त के गर्ने त भनेर गैरजिम्मेवारी जवाफ दिनुभयो ।’ सासुको जवाफ मेनुकाको हत्या परिवारबाटै भएको भन्ने थप प्रमाण हो ।

मृतकको बुवा धुव्र थापाले २ वर्ष अगाडी नै छोरीलाई दाइजो नल्याएको भन्दै ज्वाँईले टर्चर दिने गरेको सुनाए । २ वर्ष विदेश बसेर आएपछि ज्वाँईले आफुलाई कहिल्यै फोन नगरेको बताए । उनले आफु अस्पताल पुग्दा ज्वाँई, डाक्टर र सासु उतापट्टी बसेर गफ गरिरहेको बताए । मृत्यु हुनुको कारण पत्ता लाग्न पोस्टमार्टम पछि मात्र पत्ता लाग्ने बताएर झुटो आश्वासन दिएको गुनासो गरे । मृतककी फुपु कुशुम थापाले २१ सेप्टेम्बरमा २० हजार पैसा चाहियो भन्दै मेनुकाले फोन गरेर पैसा मागेको बताईन् । उनले भनिन्,‘मेनुकाको आमालाई सोध्दा मेनुकालाई टर्चर छ, घर बनाको ऋण छ रे, रातदिन टर्चर दिन्छ रे हाम्रो कुरा कसले सुन्छ भनेर गुनासो गर्नुभयो ।’ आमाले आफुसँग राम्रो ठाउँमा पुर्याउनु पर्यो मेनुकालाई बसीखन भएन् भनेर फोन गरेको उनले सुनाएन् ।

उनले भनिन् ‘भुपेन्द्र कार्की र उनकी आमाले कुटेर मारेकै हुन् । शव हेर्दा नग्न अवस्थामा छ, ब्ल्याकेंट ओडाइएको छ, शरिरभरी निलोडाम छन् पछाडी रगत जमेको छ, योनीको पुरै भागमा रगतैरगत थियो ।’ ‘डाक्टरले कुनै–कुनै बिरामीको अचानक मृत्यु हुँदा यसरी रगत निस्कन्छ भनेका थिए । श्रीमानले मेनुकालाई पिरियड् भएको ४ दिन भएको बताए र डाक्टरले मृतकको पिरीयड नभएको बताएपछि त्यही कुरा बाझीएको छ । घटना यहीबाट पनि थप रहस्यमय देखिएको छ ।’

उनले मेनुकाको हत्या हुँदा पनि इन्सपेक्टर राजन कोइरालाले अतिनै गरको आरोप समेत लागईन् । उनले बनेपा प्रहरीले चाही किटानी जाहेरी लिन नमिल्ने तर भक्तपुर प्रहरीले लिन हुने भन्दै प्रहरी प्रशासन पैसामा बिकेको आरोप लगाइन् । उनले भनिन्, ‘मृतकको श्रीमान दोषी हो, त्यसलाई कारवाही हुनुपर्छ ।’  तर आज सम्म कार्कीलाई समात्न नसकेको भन्दै गरिबले न्याय पाउन नसक्ने पनि गुनासो पोखिन् । अदालत बन्द भएको हुनाले अहिले समात्न मिल्दैन भनेर प्रहरीले नसमातेको उनको चनाई थियो ।  उनले डाक्टर पनि दोषी रहेको भन्दै उपचारमा सम्लग्न डाक्टरलाई सार्वजनिक गर्न माग गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ