arrow

नेपालगन्जको जमुनाह प्रहरीले बरामद गर्‍यो ५ लाख बढीको अवैध सामाग्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
awaid-saman.jpg

नेपालगन्ज । नेपालगन्ज सीमा नाकास्थित इलाका प्रहरी कार्यालय जमुनाहले एकै रातमा तस्करहरुको निद्रा हराम गरेको छ। इलाका प्रहरी जमुनाहको टोलीले भन्सार छली गरि ल्याउँदै गरेको ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।

ठुलो परिमाणमा अवैध तस्करी भइरहेको बिशेष सूचनाका आधारमा केही दिन अघि सरुवा भएर गएका इलाका प्रहरी जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डमा गएको टोलीले तस्करहरुले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेको ठुलो परिमाणको सामाग्री बरामद गरेर तस्करहरुको निद्रा हराम गरेको छ।

गएराती साढे ९ बजे नायब निरीक्षक बिष्टको कमान्डको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट तस्करी गरेर ल्याइएको ५ लाख बढीको अवैध सामाग्रीलाई एकै पटक बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। 

जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका   ५ लाख २२ हजार ३१० रुपैयाँ बराबरका अवैध सामाग्रीहरुमा  ठुलो परिमाणमा लत्ताकपडा, ४ बोरा सुपारी, लेडिज सुट,जेन्स कपडा ,किराना सामाग्री,फलामे सामाग्री लगायत अन्य सामाग्री रहेका छन् । बरामद गरिएका सबै अवैध सामाग्रीलाई शुक्रबार दिउँसो आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी  बाँकेले  जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ