arrow

एनसेलको चाडपर्व योजना : पेजी डेटा शुल्क प्रति एमबी मात्र  एक रुपैयाँ

रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डेटा पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
ncell-axiate-company-logo.jpeg
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालिको चाडपर्वलाई थप उमङ्गमय बनाउँदै विभिन्न योजनाहरू ल्याएको छ। चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् । 

दसैँ, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रवार (असोज २३) देखि लागु हुनेछ । यो योजना ९० दिनको लागि मान्य रहनेछ । 

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । रु ५० देखि रु ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समय सीमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् । 

त्यस्तै गरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समय सीमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउनेछन् ।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएता पनि पेएजयूगो अर्थात् पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठुलो महत्त्व राख्ने र उनीहरूलाई आफ्ना परिवारजन, साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो । यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता सञ्चालनमा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ