arrow

एनसेलको चाडपर्व योजना : हरेक हप्ता २२ स्मार्टफोन जित्ने सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
ncell-axiate-company-logo.jpeg
फाइल तस्बिर

काठमाडौँ। यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ। एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दसैँ, तिहार र छठ पर्वको अवसरमा बिहीबार (असोज २१) बाट लागु हुने गरी यो आकर्षक योजना सञ्चालनमा ल्याउँदै छ। यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने २१ जना ग्राहकले १-१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन्।

यस देखि बाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन्।

यो योजना पाँच हप्ता अर्थात् कार्तिक २४ गते सम्म सञ्चालनमा रहनेछ। यसको मतलब योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन्। स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तीमा ग्राहकले माथि उल्लेखित देशहरूबाट कम्तीमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ। ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ।

  • मलेसिया, युएई र साउदी अरबको आगमन कलमा ग्राहकले हरेक हप्ता २१ वटा स्मार्टफोन जित्न सक्ने
  • विदेशबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले हरेक हप्ता १ स्मार्टफोन पाउने
  • ५ हप्ताको यो योजनामा ११० जना ग्राहकले ११० वटा स्मार्टफोन पाउने
  • शुभकामना आदानप्रदान गर्न शुक्रवार ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्ट

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल सङ्ख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ। मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, युएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन्। हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल सङ्ख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ।

यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरू माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रवार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदै छ। यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरू मार्फत गीतसङ्गीतको आनन्द दिनेछन् भने कमेडियन सुमन कार्कीको हास्यकलाले मनोरञ्जन प्रदान गर्नेछ।

यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौँ बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ। स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन्। ग्राहकहरूले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन्। विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन्।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ