arrow

सिभिल ग्रुपमाथि प्रहरी एक्सन

७० करोड बढी ठगीको आरोप, १३० जना पीडितको सीआईबीमा उजुरी

नेकपा एमालेका पूर्व सांसद इच्छाराम तामाङसहित १२ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
CIB.jpg

काठमाडौँ। सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्व सांसद इच्छाराम तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करोडौँ रकम ठगी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

तामाङ सञ्चालक रहेको सिभिल ग्रुपले विभिन्न व्यक्तिबाट ७० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले तामाङलाई सोमबार पक्राउ गरेको थियो । उनीबिरुद्ध प्रहरीमा हालसम्म १३० जना पीडितले उजुरी दिएका छन् ।

सीआईबीका प्रमुख डिआइजी धिरज प्रताप सिंहले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई सोमबार दिउँसो काठमाडौँको सुुन्धाराबाट पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार उनीहरू पक्राउ परेपछि प्रहरीमा गुनासो र उजुरी आउने क्रम बढेको छ । उनीहरू विरुद्ध सोमबारसम्म ४६ करोड रुपैयाँ ठगी र हिनामिना गरेको भन्दै गुनासो आएको थियो । सो रकम बढेर मङ्गलवारसम्म ७० करोड पुगेको डिआइजी सिंहले जानकारी दिए ।

‘सोमबारसम्म ४६ करोड ठगिएको गुनासोसहितका उजुरी आएका थिए, मङ्गलवार दिउसोसम्म सो रकम ७० करोडमाथि पुगेको छ, गुनासो र उजुरी आउने क्रम बढ्दो छ, हामीले अनुसन्धान जारी राखेका छौँ,’सिआइबीका प्रमुख सिंहले हाम्रा कुरासँग भने ।

मङ्गलवारसम्म सिभिल ग्रुपले ७० करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै १३० जना पीडितहरू सम्पर्कमा आएको सिआइबीले जनाएको हो । पीडितकै उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक र कर्मचारीसमेत छन् । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका तत्कालीन अध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवान् बहादुर सिंह छन् ।

सिआइबीले ठगीमा अन्य व्यक्तिहरूसमेत तानिन सक्ने र त्यस तर्फसमेत अनुसन्धान जारी रहेको जनाएको छ । ठगीका विषयमा विगत दुई वर्षदेखि प्रहरीमा उजुरी पर्दै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ