arrow

फेसबुक बन्द हुँदा जुकरवर्गले गुमाए ७ अरब डलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
facebook-mark-zuckerberg-0069.jpg
फाइल तस्विर।

काठमाडौं। फेसबुक, ईन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाका लागि बन्द भएपछि मार्क जुकरवर्गले शेयर बजारमा कारोबार रकम ४.८%लेघटेको छ। जुकरवर्गको कुल सम्पत्तिमा ७ अरब डलरले कमी आएको छ। 

जुकरवर्गले फेसबुक लगायत सञ्जालहरू बन्दा हुँदा एक घण्टामा उक्त रकम गुमाएको जनाइएको छ। अब जुकरवर्ग विश्वका धनीहरूको सुचीमा पाँचौँ स्थानमा  छन्। उनी माईक्रोसफ्टका संस्थापक बिल गेट्स भन्दा पछि परेको ब्लुमवर्ग पत्रिकाले जनाएको छ। 

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सामाजिक संजाल करिब ६ घण्टासम्म बन्द भएको थियो । जसका कारण अरबौँ प्रयोगकर्ताले समस्या खेप्नु परेको थियो ।  विश्वभर यस्ता प्लेटफर्मका ६ अर्ब २३ करोड प्रयोगकर्ता छन् । तीमध्ये फेसबुकका २.८५ अर्ब, ह्वाट्सएपका २ अर्ब र इन्स्टाग्रामका १.३८ अर्ब रहेका छन् । 

सोमबार राति ९ः३० बजेदेखि समस्या आएको थियो । त्यस लगत्तै ट्वीटरमा यसबारे प्रतिक्रिया आउन थालेको थियो ।फेसबुकका १ करोडभन्दा बढीले लामो समयसम्म पनि समाधान नभएको भन्दै गुनासो गरिरहेका थिए । 

बताइए अनुसार कम्पनीको सर्भर डाउन भएका कारणले गर्दा समस्या आएको हो । आउटेज ट्रेकिङ कम्पनी डाउनडिटेक्टर डट कमका अनुसार विश्वभर १ करोड भन्दा बढी प्रयोगकर्ताले गुनासो दर्ता गराएका थिए । 

यसैबीच फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । फेसबुक कर्म समय डाउन हुने गरे पनि विश्वभर मै यसले चिन्ता ल्याएको छ । 

समस्या आए पनि समस्या के कारणले आयो भनी कम्पनीले बताउने गरेको छैन । सन् २०१९ मा पनि फेसबुकमा समस्या आउँदा कम्पनीले रुटिन मेन्टेन अपरेशनका क्रममा समस्या आएको बताएको थियो । 

यसअघि ६ महिना पहिले पनि ४२ मिनेटसम्म यी प्लेटफर्ममा समस्या आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ