arrow

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
Agni_sapkota.jpg

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको आज बुधबार सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहेको संवैधानिक इजलासमा सो मुद्दाको आजका लागि सुनुवाइ पहिलो नम्बर पेशीमा चढेको हो ।

यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । त्यसअघिसमेत सो मुद्दा पेशीमा चढेर पनि पटक पटक हेर्न नभ्याइनेमा राखिंदै आइएको थियो ।

लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले ६ असार २०६८ मा मुद्दा दर्ता गरेका थिए ।

सो मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा लैजान आदेश गरेको थियो ।

लामाकी पत्नी पूर्णिमायाले २०६४ आफ्नो श्रीमानलाई ज्युदै खाल्डोमा पुरेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिन गएकी थिइन् । तर प्रहरीले जाहेरी नलिएपछि उनले सर्वोच्च पुगेर मुद्दाको प्रक्रिया थालेकी थिइन् । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ