जावाको दसैँ तिहार बहार : हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेलमेट उपहार
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
660
Shares
काठमाडौँ। यस दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्नुहुने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।
जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ। यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मरद्वारा प्रमाणीकरण गरिएको छ। त्यसै गरी यसको कस्टम हेलमेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ।
लेजेन्डरी जावा बाइक दसकौँ पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रूपमा रहदैं आएको छ।
नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो। आग्नि माटो इन्क प्रालि अग्नि ग्रुप अन्तर्गत स्थपति भगिनी संस्था हो। नेपालभरि अग्नि मोटोइन्क प्रालिको हाल १३ बटा डिलर नेटवर्क रहेका छन्।