arrow

बाँके प्रहरीद्वारा वन्यजन्तु कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
2-pakrau.JPG

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले वन्यजन्तु ओसारपसार मुद्दामा फरार रहेका दुई जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

कैद फैसलापछि फरार रहेका राप्तीसोनारी गाउँपालिका ९ का ४४ वर्षीय मनिराम थारु र सोही स्थानका ४३ वर्षीय धनिराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

जिल्ला अदालत बाँकेले वन्य जन्तु ओसारपसार मुद्दामा उनीहरूलाई २०७३ /०३ /१२ गते  ११ महिना १० दिन कैद सजाय सुनाएको थियो। त्यस पश्चात् उनीहरू फरार रहँदै आएका थिए। जिल्ला प्रहरी बाँकेको टोलीले उनीहरूलाई बिहीबार बाँके बाटै पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ।

अवैध सामाग्री बरामद 
त्यस्तै जिल्ला प्रहरी बाँकेले भारतबाट भन्सार छली नेपालगन्ज ल्याइएका अवैध सामाग्रीहरू बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमान्डमा गएको टोलीले नेपालगन्ज १७ परसपुरबाट बिहीबार  साढे १ लाख ५२ हजार ९७५ रुपैयाँ बराबरका भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका लत्ताकपडा, चिनी, पास्ता, गाडीका सामान लगायतका विभिन्न सामानहरू सामग्री बरामद गरेको हो।

बरामद गरिएका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ