arrow

पेस्तोल सहित ४ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
rautahat-police.JPG

रौतहट । कटुवा पेस्तोल सहित ४ जना रौतहटबाट पक्राउ परेका छन् । बुधबार जिल्लाको दुर्गाभगवति गाउँपालिका वडा नं. २ भलुहीया बस्ने वर्ष २४ सञ्जय साह सोनारले आफ्नै घरमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा रौतहट प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 घर खानतलासी गर्दा निजको बन्दै गरेको घरको दोस्रो तल्लामा थुपारी राखेको बालुवा भित्र बोरामा राखी लुकाई छिपाई राखेको १२ बोरको कटुवा पेस्तोल १ ,गोली २ थान बरामद गरिएको हो । 

सञ्जय साह सोनार र कटुवा पेस्तोल लुकाई छिपाई राख्ने कार्यमा संलग्न सोही स्थान बस्ने वर्ष २८ सञ्जीव कुमार महतो,वडा नं.१ बस्ने वर्ष १९ को राजेश कुमार चौधरी र गढीमाई नगरपालिका वडा नं.६ धरमपुर बस्ने वर्ष २४ को दिनेश महरा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ