काँग्रेस प्रदेश समन्वय विभागका केन्द्रीय सदस्य शाह क्षेत्रीय प्रतिनिधिमा निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
1.5k
Shares
बर्दिया । नेपाली काँग्रेसको १४ औँ वडा अधिवेशनमा बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ५ बाट क्षेत्रीय प्रतिनिधिमा गोपाल बहादुर शाह निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागका केन्द्रीय सदस्य समेत रहेका शाह सदर १ सय ३५ मतमध्ये ७८ मतसहित निर्वाचित भएका हुन् ।
यस्तै वडा नम्बर ५ बाट खुल्लातर्फ ट्रेड काँग्रेस युनियन बर्दियाका अध्यक्षसमेत रहेका डबल सिंह साउद क्षेत्रीय प्रतिनिधि विजयी भएका छन् ।
विजयी शाहलगायतलाई नेपाली काँग्रेस सङ्गठन विभागका केन्द्रीय सदस्य अरुण प्रकाश सिंह राठोरको प्रमुख अतिथित्यमा प्रमाणपत्र एवं सम्मान गरिएको छ ।