arrow

ओली अक्षम भएको एमाओवादीको भित्री ठहर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1975102844.jpeg
काठमाडौं । सरकारको प्रमुख हिस्सेदार एकिकृत नेकपा माओवादीले आफु सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम भएको भित्री ठहर गरेको छ । प्रधानमन्त्री ओलीले मधेश आन्दोलन साम्य पार्नका लागि आधारभुत कौशलता समेत देखाउन नसकेको र बोली अनुसारको व्यवहार गर्न नसकेको एमाओवादीको ठहर छ । 
 
एमाओवादी निकट मानिने नयाँपत्रिका राष्ट्रिय दैनिकले मुख्य खवरको रुपमा असफल बन्दै छन् प्रधानमन्त्री भनेर लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय अवस्थामा एमाओवादीको मुखपत्र जस्तै भनिने नयाँपत्रिकाले प्रधानमन्त्री ओलीलाई असफल घोषणा गर्नुमा एमाओवादीको नेतृत्वको अप्रत्यक्ष संकेत र अप्रत्यक्ष दबावको रुपमा लिइएको छ । 
 
त्यसैगरी एमाओवादी निकट पत्रकारहरुकै सक्रियतामा प्रकाशित हुदै आइरहेको र एमाओवादी निकटकै संचार माध्यम मानिने अर्को मासिक पत्रिका समयवोध मासिकले पनि मंसिर महिनाको अंकमा अक्षम ओली भनेर  कभर स्टोरी बनाएको छ । विश्लेषणात्मक सामग्रीमा सो पत्रिकाले ओली अक्षम हुनुका धेरै आधारहरु पनि प्रस्तुत गरेको छ । 
 
यसरी एमाओवादीले अहिले आफै बोल्न नमिलेकाले आफु निकटका संचार माध्यमहरु मार्फत ओली अक्षम हुदै गएको प्रचार गर्न थालेको छ । एमाओवादी निकटका अन्य संचार माध्यमहरुलेपनि त्यसैगरी समाचार सामग्रीहरु प्रस्तुत गरिरहेका छन् । 
एमाओवादीका एक जना केन्द्रीय नेताले पनि अहिलेको सरकार असफलता तर्फ गईरहेको भन्नेमा कुनै दुविधा नभएपनि पार्टीगत रुपमा अहिले नै बोल्न आफुहरुलाई नैतिक संकट रहेकाले बोल्न नसकेको स्पष्ट पारे । 
 
उनले शिर्ष नेतृत्वले आफुले बोल्न नमिलेकाले मिडियालाई परिचालन गरेको हुन सक्ने संभावनालाई भने स्वीकार गरेका छन् ।  यसअघि, केही हपता पहिले नै एमाओवादी अध्यक्ष दाहालले पनि ओली सरकार प्रति असन्तुष्टी जनाउदै चाडै नै नयाँ सरकारकाबारेमा सोच्नु पर्ने अवस्था आउन सक्ने बताएका थिए । रिपोटर्स क्लवको टोलीसंग अध्यक्ष दाहालले ओली सरकार धेरैदिन टिक्न नसक्ने संकेत गरेका थिए । 
 
ओलीको असफलता सम्बन्धि नयाँ पत्रिकामा प्रकाशित समाचारमा एमाओवादीको असन्तुष्टी भन्दा पनि एमाले भित्रकै असन्तुष्टीहरु उल्लेख गरिएको छ । एमाले सचिव योगेश भट्टराईले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताएपनि राष्ट्रियताका मुद्दामा ओलीले अडान अनुसारको काम कारबाही भने केही पनि गर्न नसकेको बताएका छन । 
 
प्रधानमन्त्रीको कामप्रति समीक्षा गर्ने बेला नभए पनि अपेक्षित गतिअनुसार काम गर्न नसकेको गुनासो बढेको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए । सरकार बनाउँदैदेखि ओलीबाट कमजोरी भएको एमाले पोलिटब्युरो सदस्य यदुराम भुसालको बुझाई छ । 
 
नयाँ पत्रिकाले मन्त्रिपरिषद् अझै अपूर्ण हुनु, इतिहासमै सवै भन्दा धेरै उप–प्रधानमन्त्री बनाउनु, आफैले नियुक्त गरेका मन्त्रीहरुमाथि कमान्ड नहुनु, प्रधानमन्त्री निर्वाचित भएको ३७औं दिनमा मात्र देशवासीका नाममा  सम्बोधन गर्नु, सम्बोधन जनअपेक्षा अनुसार नहुुनु, समस्या एकातिर सम्बोधन अर्कातिर हुनु, एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो—रेल सञ्चालन गर्ने, पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता अपत्यारिला कार्यक्रम पनि घोषणा गर्नु लगायतलाई नयाँपत्रिका दैनिकले ओलीको असक्षमताको रुपमा अथ्र्याएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ