arrow

‘एमसीसी पारित भए देशमा रक्तपात’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
nekapa maobadi samjbadi  (4).jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए देशको अखण्डतामाथि प्रहार भई रक्तपातको चेतावनी दिएको छ ।

शनिबार तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आयोजित पार्टी प्रवेशमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी खतरनाक भएको भन्दै तत्काल खारेज गर्नुपर्ने समेत बताएका हुन् ।

अखण्डतामाथि प्रहार हुन्छ । रक्तपात हुनसक्छं,’ बुढाथोकीले भने । कार्यक्रममा नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायत विभिन्न पार्टीबाट युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष कर्णजीत बुढाथोकीले स्वगत गरेका थिए ।

बुढाथोकीले भने,‘अहिले देशमा चाहनाबाहिरको अवस्था जुन सिर्जना भएको छ । यो अपकल्पनीय हो । संसदमा भएको तनावलाई ताण्डव नृत्य भन्दै आलोचना गरे । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीको ताण्डव नृत्य नेपाली जनताको लागि अपाच्य भइसक्यो ।’ देशमा नयाँ सम्भावना देखिएको भन्दै अहिलेको अवस्थाले त्यही संकेत गरेको बताए ।

पार्टीका सचिव मिघ बहादुर खत्रीले एमसीसी पारित भए बागमतीमा रगतको खोला बग्ने टिप्पणी गरे । उनले भने,‘एमसीसी पास भए बागमतीमा पानी हैन् रगत बग्ने छ । एमसीसी पास गर्ने नेताको टाउकोले हामी फूटबल खेल्छौँ ।’ एमसीसीविरुद्ध डटेर लड्ने बताए । उनले एमसीसीको विरोध गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन गर्ने नेताहरुलाई राजनीति छाड्न भने ।

पार्टीका सचिव तथा प्रदेश नं २ का इन्चार्ज अरुण घिसिङले प्रचण्डलगायत नेताहरुले दक्षिणपन्थीहरुलाई सत्ताको बागडोर सम्हाल्न दिएको आरोप लगाए । उनले भने, ‘नेपालका शिर्ष नेताहरु छुट्टै खालका साँठगाँठमा व्यस्त छन् । हामी यो बुझ्न सक्छौँ ।’ प्रचण्ड, माधव नेपाल र केपी शर्मा ओली कम्युनिस्ट नभएको तर्क गरे । काभ्रे, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा रहेको युवाहरुले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायत अन्य पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेको बताए ।

नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका सुमन गुरुङले भ्रष्टाचारको अन्त्य गर्न युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र समाजवादीमा प्रवेश गरेको बताए । कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक अध्यक्ष रामप्रसाद मैनालीलगायत बागमती प्रदेशका विभिन्न नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन योगेश राल्थालीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ