एमालेको अवरोधकै बिच राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
1.7k
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभा बैठकमा केही बेर अघि अध्यादेश पेश गरेका हुन् ।
बैठक सुरु भए लगत्तै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । सोही क्रममा गृहमन्त्री खाँणले रोष्टममा पुगेर अध्यादेश पेश गरेका हुन् । राष्ट्रियसभाको शुक्रवारको बैठकले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक व्यक्त गरेको छ ।