arrow

मृत्यु भएको ६ दिनपछि दाह संस्कार हुँदै, मृतकलाई शहिद घोषणाको सिफारिस

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
412090494.jpeg
सप्तरी । सप्तरीमा गएको शनिबार र आइतबार प्रहरीसंगको झडपका क्रममा  गोली लागेर मृत्यु भएकाहरुको शुक्रबार (आज) दाह–संस्कार गरिदैंछ ।  आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको मागमा जिल्ला सुरक्षा समितिले निर्णय गरेर कार्यान्वयनका लागि गृह मन्त्रालय पठाएपछि मृतकहरुको अन्तिम संस्कारको बाटो खुला भएको हो । 
 
सप्तरीको भारदह, रुपनी र राजविराजमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाहरुको लागत संकलन गरी निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरी मन्त्रालय पठाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । मृत्यु हुनेमा राजविराज–१ का दिलिपकुमार साह, डाढा–७ का विरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकीका नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका शिवशंकर दास छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ