arrow

एमसीसी पास हुँदैन : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास नहुने घोषणा गरेका छन् । 
मङ्गलवार पार्टी निकट युवा सङ्गठन वाईसीएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी संसदबाट पास नहुने बताए । 

‘सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाएको थियो, त्यसको जवाफ आएको छैन, त्यस कारण एमसीसी सांसदबाट पास हुँदैन,’ प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भने । 

सो क्रममा उनले राष्ट्रियता कमजोर पार्ने गरी माओवादी केन्द्रले कुनै पनि सम्झौता नगर्ने बताए । यसअघि माओवादी केन्द्रका अन्य नेताहरूले समेत एमसीसी हालकै अवस्थामा पास गर्न नसकिने बताउँदै आइरहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ