arrow

काठमाडौंमा सिडिओ फेरिए, गोविन्द रिजाल नयाँ सिडिओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
CDO-Office-KTM.jpg

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडिओ) कालीप्रसाद पराजुलीको गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृह मनत्रालयले काठमाडौंका प्रजिअ रहेका पराजुलीलाई सरुवा गरेर सो स्थानमा गृहको कर्मचारी प्रसासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई पठाएको हो ।

पराजुलीलाई भने गृहमा जगेडामा राखिने स्रोतले बताएको छ । रिजाल रहेको स्थानमा भने सुनिल खनाललाई पठाइँदै छ ।

पराजुलीले माधव नेपालले चन्द्रागिरीमा आफ्नो समूहको बैठक राख्दा कोरोना महामारीमा भीडभाड गरेको भन्दै चन्दागिरी रिसोर्टसँग स्पष्टिकरण सोधेका थिए । त्यसयता उनीसँग गृह मन्त्रालय रुष्ट थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ