arrow

एनसेलको ‘डेटा सधैँ अन’ नयाँ अभियान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
ncell-axiate-company-logo.jpeg
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैँ अन’ सुरु गरेको घोषणा गरेको छ। यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ।

एनसेलले नवीन प्रविधिहरू भित्राउँदै विश्व स्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम  आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउँदै देशको दुई तिहाइ भन्दा बढी जनसङ्ख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ।

कोभिड–१९ को महामारीले निम्ताएको विषम परिस्थितिका बिच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तह सम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको कम्पनीले जनाएको छ।

उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी-एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस महामारीले अर्थतन्त्रहरूलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिँदै पुर्नउत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशैभर उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन एनसेल प्रतिबद्ध छ। फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात् आफूले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन्।

फोरजी-एलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पूर्ण ठुला फाइलहरू आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरू सजिलै हेर्न लगायतका कामहरू गर्न सकिन्छ।

उच्च गतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनी सकेको छ किनकि यसले  शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरू प्रवाह गर्न सक्ने क्षमता राख्दछ। बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा  सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरूका निमित्त पनि यो अत्यावश्यक छ।

कोभिड–१९ को प्रभाव पश्चात् आफ्ना परिवार, साथीभाइ, आफन्तहरूसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यालयको काम गर्न र दूर शिक्षा अर्थात् अनलाइन कक्षा लगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ।

आफ्ना ग्राहकलाई सधैँ डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैँ अन’ अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरू सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरू ल्याउने छ।

एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरू सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरू सुचारु गर्न सकिन्छ। एनसेलले देश भरी  ७२ लाख भन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ