arrow

सिआइबीको इन्स्पेक्टर भन्दै धम्की दिँदै हिँड्ने रोकाय कोहलपुरबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
cib-inspactor.JPG

नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरले आफूलाई प्रहरी निरीक्षक ( इन्स्पेक्टर) हु भन्दै सर्वसाधारणलाई धम्क्याउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ।

 कोहलपुर ११ बसपार्क एरियामा गए राती १० बजे आफूलाई सिआइबीको इन्स्पेक्टर हु भन्दै धम्क्याउँदै हिँडेका दार्माकोट २ सल्यानका ३२ वर्षीय दीपेन्द्र रोकायलाई गए राती पक्राउ गरेको कोहलपुरका डिएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् । 

पक्राउ परेका रोकायले इन्स्पेक्टर हु भनेर स्थानीय,होटेल तथा पसलहरूमा गएर धम्की दिँदै हिँडेको अवस्थामा पक्राउ गरेको डिएसपी खनालले बताए।

 पक्राउ परेका रोकायसँग थप अनुसन्धान गरिरहेको खनालले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ