arrow

प्रहरीका चार एआइजीको सरुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारी विहीन बनेका एआइजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ । 

यसैगरी अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी सङ्गठनमा मानव स्रोत विभागलाई महत्त्वपूर्ण विभागका रूपमा लिइन्छ । 

यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भने मानव स्रोतका एआईजी निरजबहादुर शाहीलाई पठाइएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई भने सोही स्थानमा यथावत् राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ