नेपालगन्ज विमानस्थलबाट ४ किलो सुनसहित दुई जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
917
Shares
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँबाट नेपालगन्ज आएको श्री एअरको जहाजबाट शुक्रवार नेपालगन्ज आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरङका विश्वमान खाती विमानस्थलबाट पक्राउ परेका हुन्
उनीहरूको साथबाट ४ किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।