सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा प्रहरी स्कर्टिङ्गमा रहेको एउटा बस नियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना ५ प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिककै पल्टिँदा दुर्घटना भएको हो । बस मोर्चाका कार्यकर्ताले ढुङ्गा हानेपछि अनियन्त्रित भई पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ९ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताए । घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।