arrow

पोखराका दुई जुवाखालमा प्रहरीको छापा, १४ जना जुवाडे पक्राउ

logo
हरि पन्त,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
Arrest-Crime.jpg

पोखरा। पोखराका दुई स्थानमा तास खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित राधाकृष्ण मार्गमा ज्ञानबहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा  नं.७ घारीपाटन बस्ने वर्ष ५५ का ज्ञानबहादुर खड्का, ४९ वर्षका यामबहादुर ढकाल, वर्ष ४७ का कृष्ण बहादुर घर्ती,  वर्ष ६० का सोमबहादुर बिक, वर्ष ३८ का सुजन गुरुङ, वर्ष ५३ का लालबहादुर गुरुङ र ४७ वर्षका रमेश थापा छन् । 

उनीहरूको साथबाट दुई लाख ५० हजार ६३५ रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

यसै गरी पोखरा महानगरपालिका वडा नं. १५ स्थित सीताराम हाउजिङमा बस्ने लालप्रसाद गुरुङको कोठाबाट पनि तास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार ८ काउलेका वर्ष ५१ का लालप्रसाद गुरुङ, स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं ४ का वर्ष ३७ का सुशिल रानाभाट, आँधीखोला ३ का २८ वषका कल्याण पौडेल, पुतलीबजार नपा. ८ का ४७ वर्षका विकास गुरुङ, पुतलीबजार न.पा. ९ का वर्ष ३६ का मनोज गुरुङ, वालिङ न.पा. ३ माझकोटका वर्ष २४ का मनोज गुरुङ र तनहूँ शुक्लागण्डकी न.पा. ११ का वर्ष ३७ का प्रकाश गुरुङ रहेका छन् । 

उनीहरूको साथबाट ८४ हजार ५२५ रुपैयाँ बरामद भएको डिएसपी हमालले जानकारी दिए । 

पक्राउ परेका सबैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान पक्रिया अघि बढाइएको डिएसपी हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ