पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
1.1k
Shares
ललितपुर। भाद्र कृष्ण अष्टमीका दिन आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । आजको दिन विशेष गरी महिला व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न हुने धार्मिक विश्वास रहेको छ ।
पाटनको कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन लामबद्ध भई श्रीकृष्णको पूजा आराधना गर्छन् । कोरोना महामारीले गर्दा मन्दिर नखुलेका कारण भक्तजन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर परिसरमा पूजा गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमीका दिन पाटन दरबारस्थित कृष्ण मन्दिरको प्रवेश द्वार बाहिर राखिएको मूर्तिमा पूजा गर्दै सर्वसाधारण। कोभिड – १९ का कारण मन्दिरभित्र दर्शन गर्न रोक लगाइएको छ ।
मयूरको प्वाँखसँग रमाउँदै बालिका: श्रीकृष्ण जन्माष्टमीका दिन पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख लिएकी बालिका ।
श्रीकृष्ण जन्माष्टमीका दिन आज पाटन दरबार नजिकैको कृष्ण मन्दिर परिसरमा लामबद्ध भक्तजन । कोरोना भाइरसका कारण मन्दिर भने खुलेको छैन ।
ललितपुरको पाटन दरबार परिसरमा मयूरको प्वाँख बेच्न बसेका व्यापारी ।