arrow

९ करोड मूल्य बराबरको कोकिनसहित तीन विदेशी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
Arrest-Crime.jpg

काठमाडौं। प्रहरीले नेपाली ९ करोड मूल्य पर्ने २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो । 

प्रहरीले किमारोलाई भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट र दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा तथा भारतीय नागरिक विजय सिंहलाई काठमाडौंको कमलादीस्थित एक होटेलबाट पक्राउ गरिएको पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । 

ब्युरोका अनुसार कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिक गामाले ३ भदौमा सो कोकिन ल्याएकी थिइन् । उनले भारतीय नागरिक सिंहलाई कोकिन दिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले भनेको छ । 

पक्राउ परेका उनीहरूमाथि  काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ