arrow

बाँकेका एसपी अधिकारीको सक्रियताः तस्कर र अपराधीहरु धमाधम नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
Shayam-krishna-adhikari-bake-Sp.jpg

नेपालगन्ज । प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले  बाँके प्रहरी प्रमुखको कमान्ड सम्हालेको दुई महिना भएको छ। दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् ।

नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले बाँकेमा अपराधी पक्राउ गर्नेदेखि अन्य सफलता हासिल गर्ने प्रयासमा छन् ।

गलत कार्य गर्ने जो कोही भएपनि कसैलाई नछोड्ने एसपी अधिकारी बाँकेमा आएदेखि राम्रो कार्यको सुरुवात गर्दै आएका छन् । बाँके प्रहरी प्रमुखको कमाण्ड सम्हालेको दुई महिना नपुग्दै उनले अपराधीदेखि  सजाय पाएर फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्दै आएका छन् । एसपी अधिकारीले भारतबाट अवैध रुपमा बाँके ल्याउने तस्करीका सामाग्री बरामदका साथै तस्करहरुलाई समेत पक्राउ गर्दै आएका छन् ।

एसपी अधिकारीको कमान्डले बाँकेको कोहलपुर  हत्या (बलाइन्ड मर्डर) जस्ता जघन्य अपराध गर्ने अपराधीलाई छोटो समयमै पत्ता लगाएर पक्राउ गर्न सफल भएका छन् ।  प्रहरीले वाइसीएल बाँकेका संयोजक प्रकाश कार्कीकी आमा साउनी कार्कीको हत्यामा संलग्न अभियुक्त
३४ वर्षीय सन्तोष कुमार थापा (चाइनिज)लाई पक्राउ गर्न सफल भएको छ ।

चाहे हतियारधारी अपराधी हुन् या त जंगली जनावरका अङ्ग तस्करहरु हुन् उनले हतियार र जनावरका अङ्गसहित अपराधीलाई पक्राउ गर्न सफल बनेका छन् । नाम्खा गाउँपालिका वडा-१ हुम्लाकी ३९ बर्षीया खण्डु तामाङ ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको साथै उनको साथमा रहेको झोलाबाट ५ वटा वट्टा भित्र रहेको एक हजार पाँच सय पन्ध्र ट्याव्लेट लागू औषध नाईट्राजेपाम बरामद गरेको छ ।

एसपी अधिकारीले लागू औषध निस्तेज पार्न सबै प्रहरी कार्यालयलाई कडा आदेश दिएपश्चात् लागू औषध बरामददेखि कारोबारी र प्रयोगकर्ता धमाधम पक्राउ पर्दै आएका छन् । यतिमात्रै हैन, नेपालगन्जबाट चोरी भएका मोटरसाइकलहरु फेला पारी एसपी अधिकारीले सम्बन्धित सवारीधनीलाई बुझाउँदै आएका छन् । यसबीचमा कोहलपुर नगरपालिका वडा–६ बस्ने फन्दु थारुको चोरी भाएको मोटरसाइकल प्रहरीले फेला पारी बुझाउन सफल समेत भएको छ । 

आफ्नो कार्यकाल बाँकेलाई अपराध मुक्त पार्ने सोच बनाएका एसपी अधिकारीले भर्खरै मात्र सन्ते भन्ने बसन्त रावतसहित तीन जनालाई पक्राउ गर्न सफल भएका छन् । एसपी अधिकारी आएदेखी बाँकेमा अपराधी पक्राउ होस् चाहे अवैध सामाग्री बरामद होस् ,बाँके प्रहरीले हरदिन सफल काम गर्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ