arrow

१७ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा खवास पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
mote.jpg

पोखरा । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका वडा नं.६ चालिसका ४५ वर्षका रामबहादुर थापा (मोटे)भनेर चिनिने खड्कबहादुर खवास छन् । 

स्याङ्जा प्रहरीको सहयोगमा पुतलीबजार नगरपालिका वडा नं.४ शिवमन्दिर चोकबाट उनलाई पक्राउ गरेको हो ।

कास्कीको मादी गाउँपालिका वडा नं। ९ सिप्लिवेशी घर भइ वडा नं.१० मकैखोलास्थित मामा घरमा बस्दै आएकी १७ वर्षकी कोपिला परियारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । खवास घटना भएको करिब १४ महिनापछि पक्राउ परेका हुन् ।

कोपिलाको शव मादी ११ मुखिएको शेरस्थित पातिघारीमा असार २५ गते फेला परेको थियो । उनको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा खवासले हत्या गरेको देखिन आएकाले पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

खवासले घटना घट्नुभन्दा एक महिना अघिदेखि कोपिलासँग शारीरिक सम्बन्ध राख्दै आएको खुलेको एसपी थापाले बताए । कोपिलाले आफूलाई सँगै राख्न भनेपछि खवासले हत्या गरेको खुल्न आएका उनले बताए । 

खवासलाई ज्यान सम्बन्धी कसुर, करणी सम्बन्धी कसुर र मुलुकी अपराध सम्बन्धीका कसुर उपर कारबाही प्रक्रियाका लागि कास्की जिल्ला अदालतबाट म्याथ लिइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ