arrow

एमालेमा तरङ्गः बस्दै स्थायी कमिटी र संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
ko-oli-madhav-nepal1.jpg
तस्वीर–फाइल ।

काठमाडौं । मंगलबार नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजे च्यासलस्थित तुलसीलाल भवनमा बस्न लागेको हो ।  सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेसँगै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् । 

ओलीले मध्यरातमा वक्तव्य जारी गर्दै सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएका थिए । केपी ओलीको मध्यरातमा आयो वक्तव्य  त्यस्तै संसदीय दलको बैठक दिउँसो २ बजे संसद्को ल्होत्से हलमा बस्ने भएको हो । 

संसद अधिवेशन अन्त्य भएसँगै एमालेको संस्थापन पक्ष सशंकित भएको छ । जसरी केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा रातारात जसपा एकीकृत हुन सजिलो भएको थियो अहिले त्यसैगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा एमाले र जसपा फुट्न सक्ने आँकलन गरिएको छ । 

यसले एमालेभित्र तरङ्ग पैदा भएको छ । यो अध्यादेश आएमा एमाले फुट्ने निश्चित हुने समेत दाबी गरिएको छ । ओलीले डाकेको बैठकलाई माधव नेपालले बहिस्कार गर्दै आएका छन् । 

केपी ओलीको रातारात आएको वक्तव्यले पनि यसको पुष्टि गरेको छ । अहिले एमालेका सांसदहरु को ओलीतिर र को माधव नेपाल पक्षतिर भनी टाउका गन्ने काम भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ