arrow

पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकको कमाई एक करोड

logo
रासस
प्रकाशित २०७८ साउन ३१ आइतबार
nepal-police.jpeg

काठमाडौं। प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानुनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैर कानुनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ । 

पेट्रोल पम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ