arrow

महिलालाई जलाएर मार्ने कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
Arrest-Crime.jpg

काठमाडौं। ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा रामेछापको खाँडादेवी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ७ बस्ने शिवजी खत्री छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवीको टोलीले) सोही ठाउँबाट पक्राउ गरी आज थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त कालीमाटीलाई बुझाएको छ ।

उनीमाथि विसं २०६२ मा भगवती लामालाई काठमाडौँको कलङ्कीस्थित आफ्नै डेरा शरीरमा आगो लगाएर मारेको आरोप छ । जलेको अवस्थामा फेला परेकी लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोही समयदेखि खत्री फरार हुँदै आएका थिए । फरार व्यक्ति खोजी गर्ने क्रममा उनलाई ब्युरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक शमकुमार महतोले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ