arrow

बजेटमा कुनै आग्रह पुर्वाग्रह राखिने छैन : अर्थमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
janardhan-sharma.JPG

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहुँचका आधारमा बजेट विनियोजन नगर्ने बताएका छन् ।

विहीबारको राष्ट्रियसभाको बैठकमा श्वेतपत्र प्रस्तुत गर्दै आफूले कोही कसैसँगको आग्रह/पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे ।

सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले देशको वर्तमान आर्थिक अवस्था भनी उल्लेख गरेको बताएका छन् । त्यसमा कुनै आग्रह पुर्वाग्रह नराखेको उनको जिकिर थियो ।

शर्माले देशभरिको सन्तुलित विकास गर्ने ध्यान आफ्नो रहेको भन्दै डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएता पनि त्यसकै आधारमा बजेट विनियोजन नगर्ने बताए । 

सो अवसरमा उनले संघीय सरकारले २–४ लाख रुपैयाँका योजना कार्यान्वयन नगर्ने पनि बताए। प्रदेश र स्थानीय तहका अधिकार मिच्ने गरी गरिएका काममा सुधार ल्याइने पनि बताए ।

उनले ती योजनाको कार्यान्वयनको अधिकार प्रदेश सरकार र स्थानीय तहलाई दिने बताए । मन्त्री शर्माले मानव विकासमा पछि परेका क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्ने पनि बताए। खोपका लाागि बजेट अभाव हुन नदिने र आवश्यक परे अन्य क्षेत्रको बजेट ल्याएर भए पनि खोप सुनिश्चित गर्ने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ