arrow

प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले जवाफ दिएकोमा एमालेको आपत्ति, सोधे - जिम्मेवारी हस्तान्तरण गरेको हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
guru-baral-04.jpg

काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने जिम्मा प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई दिएकोप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै एमाले सांसद गुरु बरालले आपत्ति जनाएका हुन्। उनले प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने मन्त्रालय तथा निकायका विषयमा अर्थमन्त्रीमार्फत जवाफ दिलाउनु संसदीय अभ्यासविपरीत रहेको टिप्पणी गरे। प्रधानमन्त्रीले ती मन्त्रालय र निकायहरूको जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो भन्दै उनले संसद्‌मा प्रश्न समेत उठाए।

बैठकमा बोल्दै सांसद बरालले भने, ‘त्यो सबै मन्त्रालय र निकायको जिम्मेवारी हस्तान्तरण गरेको हो भने हामी त्यही ढङ्गले स्वीकार गर्छौँ। तर होइन भने त यो नियमलाई ठिक ढङ्गले बुझिदिनुपर्‍यो, चलन ठिक ढङ्गले चलाइदिनुपर्‍यो। सुविधाको चलन चलाएर अगाडि जान कसरी मिल्छ सभामुख महोदय ?’

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई तोकेर संसद्‌मा पत्र पठाएका थिए। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसद्‌मा विरोध जनाइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ