arrow

राष्ट्रियसभामा ओलीको गुनगान: ओली ‘राजनेता’ भएको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
khimlal-bhattarai.JPG

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले नेपाली कांग्रेस नेतृत्व सरकारको चर्को आलोचना गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कांग्रेसले राष्ट्रियताको अगुवाइ गर्न नसक्ने आरोप लगाउँदै कांग्रेसले वीपी कोइरालाको आदर्श विर्सिएको बताए ।

सम्बोधनका क्रममा भट्टराईले केपी शर्मा ओली ‘राजनेता’ भएको दाबी गरे । उनले ओलीको निष्ठामाथि प्रश्न गर्नु अनुचित हुने भन्दै उनले ओलीको प्रशंसा गरे ।

ओली सिंहदरबार छोडेर बालकोट गएको अवस्थामा समेत ओलीकै चर्चा सर्वत्र हुने गरेको बताउँदै उनले भने,‘राजनेता भनेपछि राजनीति उसकै वरिपरि घुमेको हुने रहेछ साथै सदन, सडक र सरकारमा उसकै विचारबाट गाइडेड हुनुपर्ने रहेछ ।’

देशले एउटा राजनेता जन्माएको र त्यो राजनेता फेरि फर्केर आउने दाबी गर्दै उनले भने,‘एउटा आशलाग्दो सरकार थियो, जसलाई घेराबन्दीबाट हटाइयो, गुटबन्दीबाट हटाइयो, मुद्दा मामिलाबाट हटाइयो, ढोकाबाट होइन झ्यालबाट हटाउने काम भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ