arrow

संसद बैठक बस्दै, प्रतिनिधिसभा पुनर्स्थापनापछि ओलीले पहिलो पटक सम्बोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि ओलीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन् । कांग्रेस सभापति शेर बहादुर देउवाले विश्वासको मत लिनेक्रममा नेता प्रदिप ज्ञवाली बोलेका थिए ।

त्यस्तै आज नै बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । ‘प्रत्यायन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ