arrow

आगामी चैत्र मसान्तसम्ममा सबैलाई खोप :राजेन्द्र श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
rajendra-shrestha-samajbadi.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले हिजो मात्रै ल्याइएको साझा न्यूनतम कार्यक्रममा मुख्य प्राथमिकता कोभिड नियन्त्रणको लागि दिइएको बताएका छन् । यसको लागि कोरोनाको भ्याक्सिन सबै जनतालाई उपलब्ध गराइने कुरा पनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए । 

‘असोज मसान्तभित्र एक तिहाइ जनतालाई र आगामी चैत्र मसान्तसम्म खोप लगाउन योग्य सबैलाई भ्याक्सिन उपलब्ध गराउने कुरा हामीले कार्यक्रममा समावेश गरेका छौँ ।’उनले भने । 

उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिइने पनि बताए । उनले मन्त्री बन्नको लागि आकाङ्क्षी धेरै हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने पनि बताए । 

उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरूको एलायन्स बनेको सुनाए । आफूहरू यो सांसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाई छ । 

त्यस्तै, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार छानबिन गर्ने र दोषीमाथि कारबाही गरिने कुरा पनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए । आफूहरूले अल्पकालीन र दीर्घकालीन गरेर कार्यक्रम बनाएको उनको भनाई छ । त्यस्तै, उनले सुशासनमा पनि जोड दिने कुरा कार्यक्रममा समावेश गरिएको बताए । 

काठमाडौँ बाहिर हाई–टेक सहर बनाउने कुरा पनि साझा कार्यक्रममा राखिएको बताउँदै उनले भने,‘अब हामीले उत्पादनशील अर्थतन्त्र बनाउनतिर ध्यान दिनुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ