arrow

प्रहरी परिसरको शौचालयमा थुनुवा मृत भेटिए

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
Police-district-dhanusa.jpg

जनकपुरधाम। धनुषाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाले शुक्रवार हिरासतको शौचालयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा  नम्बर २ सिनुरजोडा बस्ने ४२ वर्षीय पल्टु रविदासले हिरासतको शौचालयमा आफ्नै गन्जीले पासो लगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। प्रहरीका अनुसार शुक्रवार बिहान साढे ४ बजेतिर रविदास शौचालयको भेन्टिलेसनमा पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका थिए।

भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा रविदास पक्राउ परेका थिए । धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि रकम बुझाउन नसेपछि उनी कारागारमै रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार रविदासलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेका बेला शुक्रवार बिहानै उनले हिरासतमै पासो लगाई आत्महत्या गरेका थिए।

यसैबीच मृतकका परिवारजनले उनको हत्या गरिएको दाबी गरेको छ । मृतकका परिवारजनले आत्महत्या हो कि हत्या हो भन्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ