arrow

सभामुख सापकोटा र गृह मन्त्री खाँणबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
parliament-house.jpg

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच संसद्को चालु अधिवेशनमा विधेयकहरू अघि बढाउनेलगायतका विषयमा छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटा र मन्त्री खाँणबीच बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । 

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरूको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए ।

मन्त्री खाँणले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट सङ्कलन भई राज्य कोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए । 
 
यसबर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठुलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गतबर्ष पनि बाढी पहिरोका कारण ठुलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ