arrow

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
sanghiya-samsad.png

काठमाडौं । दोस्रो पटक पुनस्थापित भएको प्रतिनिधि सभाको बैठक मंगलबार आज संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम तय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६ र ७७ पेस गर्ने कार्यसूची तय गरिएको छ । यस्तै बैठकमा केही शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ