arrow

नवलपुर प्रहरीद्वारा एक वर्षमा जुवाबाट ३७ लाख बढी बरामद, ३९१ जना पक्राउ

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ साउन ११ सोमबार
police-nawalpur.jpg

कावासोती । नवलपुर प्रहरीले एक वर्षमा जुवाको खालबाट ३७ लाख बढी बरामद गरेको छ । गत आ.व ०७७/७८ मा जिल्लाको विभिन्न जुवा खेलेको स्थानमा छापा मार्दा ३६,५१,१४१ नेपाली रुपैंयाँ ४२,६५५ भारतीय रुपैंयाँ र २६० दिराम विदेशी मुद्रा बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालयले एक वर्षको अपराधिक गतिविधी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लाको विभिन्न ५३ स्थानमा खेलिएका जुवाको खालमा छापा मार्ने क्रम नगदसहित ३९१ जना पक्राउ परेका जानकारी दिएका हुन ।

आ.व २०७६/७७ मा भन्दा तुलनात्मक रुपमा गत आ।व ०७७/७८ मा धेरै जुवा सम्बन्धि अपराधको घटना बाहिर आएको हो । आ.व २०७६/७७ मा ८ वटा मात्रै जुवा सम्बन्धी मुद्दा कारवाही अगाडी बढाएको प्रहरीले गत आ.व ०७७/७८ मा ५३ वटा मुद्दामाहु कारवाही अगाडी बढाएको हो ।

पत्रकार सम्मेलनमा उपरीक्षक मल्लले विभिन्न सुचनाको माध्यमबाट ५३ स्थानमा छापा मार्दा हरेक पटक नयाँ मानिसहरु पक्राउ परेको बताए । मल्लका अनुसार चाडपर्व, मेलापर्व साथै विविध धार्मिक तथा सांस्कृतिक पर्वका नाममा जुवा खेल्ने खेलाईने तथा लुकिछिपी खेलाइने गरेको स्थानबाट धेरै मात्रमा जुवाडेहरु पक्राउ परेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ