arrow

हुन्डाइका २ गाडीसहित २ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
car  arrest.png

काठमाडौं । काठमाडौं महानगरीय अपराध महाशाखाले उपत्यकाबाट २ थान गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलि सवारी साधन चोरी निकासी गरि बिक्री बितरण भई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले ७ गते उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  स्थायी घर मुस्ताङ लोधोगार दामोदर कुण्ड गाँउपालिका वडा न ४ भइ हाल वौद्धमा बस्ने ३८ बर्षीय आग्या गुरुङ  र भारत पश्चिम बंगाल दार्जिलिङ घुम स्थायी घर भई हाल बौद्धमै बस्ने ४३ बर्षीय सोनाम टासी योल्मो रहेका छन् ।

दुवै जनाबाट हुन्डाइ कम्पनीको २ थान क्रेटा गाडी बरामद गरिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर,काठमाण्डौ पठाईएको छ । 

उनीहरूकाे साथबाट ईन्जिन नम्बर D4FCJMJM710203 र च्यासिस नम्बर MALC281RLJM510761 सेतो रंगको बा. १९ च.२०३६ भएको सेतो रंगको गाडी एक थान र ईन्जिन नम्बर D4FBKM837583 र  च्यासिस नम्बर MALC381UMKM625769 एवं अटो गेर भएको DL8CAZ6082 भएको सेतो रंगको गाडी एक थान बरामद भएकाे हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ