महारानीसँग प्रत्यक्ष संवाद गर्ने पूजारीले त्यागे देह
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
959
Shares
महोत्तरी । माता महारानीसँग प्रत्यक्ष संवाद गर्ने पूजारीले देह त्याग गरेका छन् । तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका बाबा वैदेही दासले देह त्याग गरेका हुन् । पचास वर्ष अघिदेखि उनी महोत्तरी गाउँपालिका-४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारी गर्दै आएका थिए ।
बिहिवार बिहान १२५ वर्षको उमेरमा उनले देह त्याग गरेका हुन् ।भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए।
स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो ।